PRABHU BANK

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पोखरेललाई सोही दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाको छ । यसअघि बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएपछि बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकको पद रिक्त रहेको थियो ।

२०७७ जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिबाट स्वतन्त्र सञ्चालकमा नियुक्त भएका महतको ४ वर्षे कार्यकाल जेठ १५ गते सकिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै