PRABHU BANK

कामना सेवा विकास बैंकका ग्राहकहरूले होटल इस्टन ब्लूमा १५ प्रतिशत छुट पाउने 

काठमाडौं । कामना सेवा विकास बैंक र सूर्योदय, इलामस्थित होटल इस्टन ब्लुसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूले बैंक सँगको आबद्ध प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकको विश्वास छ ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत आफ्नो सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै