PRABHU BANK

माछापुच्छ्रे बैंकद्वारा खडेरीको मारमा परेका विद्यार्थीलाई खानेपानी पूर्वाधार हस्तान्तरण

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको सल्यान जिल्लास्थित शारदा नगरपालिका-१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको गरेको हो ।

विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको बैंकले जनाएको छ । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पाएपछि बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको हो ।

स्थानीयका अनुसार २ सय ८९ जना विद्यार्थी एबम १८ जना शिक्षक, कर्मचारी कार्यरत विद्यालयले ३ हजार ५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्याहरू रहेका थिए  ।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरू विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै