PRABHU BANK

‘अमेरिकी उपभोक्ताको खर्च खुम्चियो’ : सीईओ मोनिहान

काठमाडौँ । बैंक अफ अमेरिकाका सीईओ ब्रायन मोनिहानले अमेरिकी उपभोक्ताको खर्च खुम्चिएको बताएका छन् । मोयनिहानले बिहीबार न्यूयोर्कमा आयोजित वित्तीय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

उनले बैंक अफ अमेरिकाका ग्राहकहरूले हार्ड सामानदेखि सफ्‌टवेयरसमेत सबै चीजहरूको खरिदको दरलाई गर्मी सुरु भएदेखि कम गर्दै लागेको बताएका छन् । 

मोयनिहानका अनुसार अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले यस वर्षको अन्त्यमा ब्याजदर घटाउन थाल्नेछ ।   अमेरिकी अर्थतन्त्र मन्दीबाट जोगिएर लगभग २ प्रतिशतको स्तरमा वृद्धि हुने उनको विश्वास छ ।  

बैंकका अर्थशास्त्रीहरू भने मुद्रास्फीतिलाई नियन्त्रणमा आउन अर्को वर्षको अन्त्यसम्म लाग्ने बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै