PRABHU BANK

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा क्लार्क मेमोरियल स्कुलका विद्यार्थीलाई ब्याग वितरण

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले स्कुलका विद्यार्थीलाई ब्याग वितरण गरेको छ । कम्पनीले ललितपुर महानगरपालिका वडा नं २२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ १७ गते विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्कुल ब्याग वितरण गरेको छ ।

ब्याग वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञ रत्नशाक्य, संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरू तथा विद्यालयका शिक्षक, शिक्षिकाहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै