PRABHU BANK

ग्लोबल आईएमई बैंकका २८ कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना, के छ अवस्था ?

काठमाडौँ । ग्लोबल आईएमई बैंकका २८ जना कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना भएको छ । बिहीबार ग्लोबल आईएमई बैंकको कन्फेरेन्स सकेर काठमाडौँ आउँदै गरेका २७ कर्मचारी सवार वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ तल्लो बारामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएकाहरूलाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ भने गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको सिन्धुलीका स्थानीय पत्रकार सौगात रायमाझीले बताए । रायमाझीका अनुसार घाइतेहरू सबै खतरामुक्त रहेका छन्  । घटनास्थलमा प्रहरी, स्थामिय लगायतले उद्धार गरेका थिए भने बस सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै