PRABHU BANK

नबिल बैंक लगायतका ८ जना सिइओ पदमा रहन अयोग्य रहेको भन्दै राष्ट्र बैंकमा उजुरी

काठमाडौं ।  नबिल बैंक लगायतका ८ जना कर्मचारी र फाइनान्स कम्पनीका सञ्चालक एवम् कार्यकारी प्रमुख (सिइओ) विरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ । ७ वाणिज्य बैंक, १ विकास बैंक र १ फाइनान्स कम्पनीका सीईओलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रबैंकमा उजुरी परेको हो ।

गत सोमबार अधिवक्ता मधुकुमार चौलागाइँले उनीहरू पदमा रहन अयोग्य रहेकोले पदमुक्त गरिनुपर्ने माग गर्दै उजुरी दर्ता गराएका हुन् । नेपाल राष्ट्र बैंकको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ को दफा १८,१९ र २९ बमोजिम अयोग्य भएका र उनीहरूमाथि कारबाही गरिसकेकाले पदमा रहन नमिल्ने चौलागाइँले दर्ता गराएको उजुरीमा भनिएको  छ ।

जसमा प्रभु बैंक लिमिटेडका सिइओ अशोक शेरचन , ग्लोबल आईएमई बैंक लिमिटेडका सिइओ सुमन पोखरेल, हिमालयन बैंक लिमिटेडका सिइओ अशोक राणा , नबिल बैंक लिमिटेडका सिइओ ज्ञानेन्द्र ढुङ्गाना ,एनआईसी एसिया बैंकका सिइओ रोशन कुमार न्यौपाने ,कुमारी बैंक लिमिटेडका सिइओ रामचन्द्र खनाल, प्राइम कमर्सियल बैंकका सिइओ सन्जिव मानन्धर , गरिमा विकास बैंकका सिइओ गोविन्द ढकाल र रिलायन्स फाइनान्स लिमिटेडका सिइओ प्रकाश श्रेष्ठ रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै