PRABHU BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान तथा कारवाही हुने

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं ३ स्थायी घर भई हाल काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटार बस्ने ४१ वर्षीय नवराज बस्नेत रहेका छन् ।

बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ १४ गते गोठाटारबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यलय चितवन पठाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै