PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई सोल्टी होटलमा छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई सोल्टी होटलमा छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूले द सोल्टी होटलको सेवा तथा सुविधामा विशेष छूट हुने भएको छ ।

बैंक र होटलबीच भएको सम्झौता अनुसार द सोल्टी होटल ग्रुप अन्तर्गत द सोल्टी होटल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरका छुट पाउनेछन् ।

यो छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । होटल तथा रिसोर्ट मार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

आइतबार आयोजित कार्यक्रममा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रिला श्रेष्ठ तथा द सोल्टी होटल ग्रूपकातर्फबाट म्यानेजर सुदन अधिकारीले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकको नेपालभर ३ सय २ शाखा कार्यालयहरू, २ सय ८५ एटिएमका साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहक छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै