PRABHU BANK

कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा राखिएको छ ।  बैंकले १० लाख संस्थापक सेयर बिक्रीमा राखेको हो । 

बिक्रीमा राखिएको उक्त्त सेयरको न्यनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ भने लगानीकर्ताहरूले न्युनतम मूल्य अथवा न्युनतम मूल्यभन्दा बढी बोलकबोल गर्नुपर्ने छ ।   

यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

त्यस्तै, बोलपत्र पेस गर्दा न्यूनतम १ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बोलपत्र जेठ २२ गतेभित्र काठमाडौँको नक्साल माइपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै