PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले दराजमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरूले दराजमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले आफ्ना कार्ड बाहक ग्राहकहरूलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको हो ।

यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म लागु हुने बैंकले जनाएको छ ।  बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा अर्थात् ५ सय सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा ७ सय ५० सम्म छुट पाउने भएका छन् ।

बैंकका अनुसार यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै