PRABHU BANK

बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले  यसअघि जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ तानेको थियो ।

बैंकका अनुसार शुक्रबार मध्याह्न १२ बजे बोलकबोल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै