PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा छुट  हुने भएको छ । बैंकका ग्राहकलाई बिराटनगर ७ मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा छुट हुने भएको हो ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट दिने भएको हो ।

बैंकका ग्राहकहरुले छुट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि मा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्मको छुट व्यवस्था रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै