PRABHU BANK

कुमारी बैंकको ३ लाख ७५ हजारबढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूका नाममा रहेको कुल ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यसका लागि बैंकले ३५ दिनको समय सिमा तोकेको छ ।

इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट शेयर खरिदका लागि निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै