PRABHU BANK

मुक्तिनाथ विकास बैंकद्वारा दुई ओटा विद्यालयलाई स्टेसनरी सामान वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरूलाई स्टेसनरी सामान वितरण गरेको छ । बैंकले धादिङको बद्री विशाल मा. वि. र स्वर्णिम एकेडेमीका १८२ विद्यार्थीहरूलाई चाहिने स्टेसनरी सामानहरू वितरण गरेको हो । 

बैंकले शिक्षा तथा बालबालिकाहरूको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरू गर्दै आइरहेको छ । सामान हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारी र विद्यालयका शिक्षकको उपस्थिति रहेको थियो।

उक्त सहयोगबाट विद्यार्थीहरूमा शिक्षाप्रति थप ऊर्जा र हौसला दिन मद्दत पुग्ने बैंकको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै