prabhu

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात हस्तान्तरण

काठमाडौँ । ज्योति विकास बैंकले बालबालिकाहरूलाई कृत्रिम हात हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” को सी. एस. आ.र कार्यक्रमहरु अन्तर्गत ई-नेबल नेपाल नामक संस्था मार्फत १५ जना बालबालिकाहरूलाई थ्रीडी प्रिन्टेड प्रोस्थेटिक हात हस्तान्तरण गरेको हो । 

कृत्रिम हात आवश्यक भएका बालबालिकालाई ई-नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा उक्त्त हात प्रदान गरिएको हो । 

प्रदान गरिएका कृत्रिम पातहरूले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ । कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परि हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको बैंकले जनाएको छ । 

बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरुले बालबालिकाको पठनपाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन भन्ने मनसायले बैंकले उक्त हातहरु प्रदान गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै