National

सरकारलाई सिटिजन्स बैंकका अध्यक्षको सुझाव-‘बजेटपूर्वको छलफलभन्दा दीर्घकालीन अर्थनीतिबारे छलफल गरौं’

काठमाडौँ । सिटिजन्स बैंकका अध्यक्ष प्रबलजङ्ग पाण्डेले सरकारलाई सुझाव दिएका छन् । उनले व्यवसायीसँग बजेटपूर्वको छलफलभन्दा पनि दीर्घकालीन अर्थनीतिको बारेमा छलफल हुनु आवश्यक रहेको भन्दै सरकारलाई सुझाव दिएका हुन् ।

अध्यक्ष पाण्डेले बजेटपूर्वको छलफल भनेकै अस्थिर अर्थनीतिको संकेत रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘कहिले सोही वस्तु र सेवामा कर बढायो, कहिले घटायो । व्यवसायीसँग बजेटपूर्वको छलफलभन्दा दीर्घकालिक अर्थनीतिको बारेमा छलफल गरौँ । सरकारले अहिले विभिन्न व्यवसायीहरूसँग आगामी आर्थिक वर्ष २०८१-८२ बजेट कस्तो हुने भन्ने विषयमा बजेटपूर्वको छलफल गरिरहेको छ ।’

अध्यक्ष पाण्डेले सरकारको यस्तो कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै