National

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र उक्त केन्द्रबीच बैंकका ग्राहकहरूलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्डबाट गर्दा ओपिडी सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौँ मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरूबाट सेवा लिदा १० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवाहरूमा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै, पहिलो भिजिटमा नि:शुल्क आँखा परीक्षण प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त सुविधाबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ इकाईमार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै