DISH HOME

लक्ष्मी सनराइज बैंकको ७५ लाखबढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ७५ लाखबढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूका नाममा रहेको ७५ लाख ८८ हजार ३ सय ९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई बैंकको मुख्य कार्यालयमा लिखित आवेदन दिन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानून प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । यो पटकको लिलामीमा सर्वसाधारणले भने आवेदन दिन पाउने छैनन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै