प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा रेडियोलोजी लगायतका सेवामा विशेष छुट

काठमाडौँ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालको आफ्ना सेवा सुविधामा विशेष छुट दिने बारे सम्झौता भएको हो

शोमबार एक समारोहका बीच जिएसएमएच आरसीका अध्यक्ष दीपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने भनिएको छ ।

प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरबाट ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारा सहित बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्