National

सिटिजन्स बैंक र भिवान्ताविच समझदारी, कार्डबाहकले १५ प्रतिशत छुट पाउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भिवान्ता काठमाडौँबीच छुट सम्बन्धी सम्झौता भएको छ । ललितपुरको झम्सिखेलस्थित भिवान्ता काठमाडौँले सिटिजन्सका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

उक्त समझदारी अनुसार कार्डवाहक र मोबाइल बैङ्किङका कार्डवाहक ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । उक्त सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुँदै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले देशैभर रहेका आफ्ना १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै