National

गरिमा विकास बैंकको ४ लाखबढी संस्थापक सेयर विक्रीमा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ‘समूह क’ का केही सेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९०.३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकएको समयावधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै