National

सेवा शुल्क छुट सम्बन्धी कामना सेवा विकास बैंक र ओम मुक्तिनाथ पोलिक्लिनिकबीच सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिबीच सम्झौता भएको छ । बैंक र पोलिक्लिनिक प्रालिबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको हो ।

ग्राहकहरुलाई मध्यनजर गर्दै बुटवल रूपन्देहीमा रहेको ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको बैंकले जनाएको छ । 

सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवासुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस पोलिक्लिनिकमा कामना सेवाका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् बैंकले जनाएको छ ।

 बैंकले आफ्ना १ सय ३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै