National

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदर भने घट्यो

काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १३ गते एकै दिन बैंकिङ प्रणालीको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो । 

केन्द्रीय बैंकले जारी गरेको तथ्यांक अनुसार वैशाख १२ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख १३ गते १ अर्ब रुपैयाँले निक्षेप बढेर बैंकिङ प्रणालीमा ६१ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको हो ।

त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेप पनि बढेको छ । वैशाख १२ गतेका दिन वाणिज्य बैंकहरूको कुल निक्षेप ५४ खर्ब १८ अर्ब रहेकोमा एकै दिन २ अर्बले बढेर कुल निक्षेपमा वाणिज्य बैंकहरूको निक्षेप ५४ खर्ब २० अर्ब रुपैयाँ कायम भएको हो । त्यसैगरी अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । सो संस्थाहरूको निक्षेप स्थिर रहेको छ । 

यता बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह, सीडी रेसिया र अन्तरबैंक ब्याजदर पनि घटेको छ । बैंकिङ क्षेत्रको वैशाख १२ गते ८०.८८ प्रतिशत रहेको सीडी रेसियो घटेर ८०.८६ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर पनि २.९२ प्रतिशतबाट घटेर २.८२ प्रतिशत कायम भएको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै