National

एनएमबि बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा १० प्रतिशत छुट

काठमाडौं । एनएमबि बैंक र स्काइ वाक टावरको सञ्चालक वन्डर्स नेपालबिच ग्राहकहरुलाई विशेष छुट दिने बारे सम्झौता भएको छ । बैंक र टावरको सञ्चालक वन्डर्सबिच ग्राहकहरुलाई १० प्रतिशत छुट दिने बारे सम्झौता भएको हो ।

ग्राहकहरूले एनएमबि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा ई-एनएमबि एप मार्फत स्काइ वाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाएको बैंकले जनाको छ ।

बैंकका अनुसार उक्त्त सम्झौता २ वर्षसम्म लागु हुने छ । बैंकले हाल देश भर २०१ शाखाहरु, १८६ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै