National

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै यस्तो आवास कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार उक्त योजना अन्तर्गत ग्राहकहरूले ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी उक्त योजनामा सहभागी हुने सेवाग्राहीलाई बैंकले मोबाइल बैंकिङ तथा क्रेडिट कार्ड समेत नि:शुल्क उपलब्ध गर्नेछ ।

यस योजना इको-फ्रेन्डली घर-भवन, अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि लिन सकिने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै