National

१ खर्ब ६३ अर्ब नाघ्यो बैंकहरूको निष्क्रिय कर्जा

काठमाडौं । बैंकहरूको निष्क्रिय कर्जा १ खर्ब ६३ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकहरूको निष्क्रिय कर्जा बढेर १ खर्ब ६३ अर्ब ७४ करोड पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको निस्क्रिय कर्जा ३.०३ प्रतिशत अर्थात १ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षमा भने बैंकहरूको  निष्क्रिय कर्जा ३७ अर्ब १३ करोड रुपैयाँले अर्थात ०.२५ प्रतिशतले बढेको पाइएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूको  निष्क्रिय कर्जा १ खर्ब ५१ अर्ब थियो भने वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा  निष्क्रिय कर्जा १० अर्बले बढेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै