National

कतिले बढ्यो कृषि विकास बैंकको नाफा ?

काठमाडौँ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको हो ।

उक्त अवधिमा बैंकको नाफा ९७.२२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने खराब कर्जा घटेको छ । बैंकको खुद ब्याज आम्दानी १५.३१ प्रतिशतले बढेर ७ अर्ब २० करोड ३८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको सञ्चालन नाफा पनि ८४.४७ प्रतिशतले बढेर २ अर्ब ६७ करोड ४६ लाख ६४ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ०.९० प्रतिशत विन्दुले घटेर ३.३० प्रतिशतमा कायम भएको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । गत वर्ष २ अर्ब ११ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ५२ करोडमा आएको छ । चैत मसान्तसम्म कृषि विकास बैंकको प्रतिसेयर आम्दानी १०.०३ रुपैयाँले बढेर १७ रुपैयाँ ९३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२२.८५ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै