National

मुक्तिनाथ विकास बैंकले गर्यो वित्तीय साक्षरतालाई प्रभावकारी बनाउन सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरतालाई प्रभावकारी बनाउन सम्झौता गरेको छ । बैंकले एक कार्यक्रमका बीच फाइनान्स फ्रेण्ड प्रालिसँग सम्झौता गर्दै वित्तीय साक्षरता तथा प्रशिक्षणलाई प्रभावकारी बनाउने जनाएको हो ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न व्यवस्था गर्दै आइरहेको छ । साथै, बैंकले नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बैंकका अनसार सो सम्झौता पश्चात् वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने छ । वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझै प्रभावकारी बनाउन बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरूङ र फाइनान्स फ्रेन्डका तर्फबाट अध्यक्ष रमेशप्रसाद जोशीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

फाइनान्स फ्रेण्ड वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्‍चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै