National

‘अर्थतन्त्र लयमा आउँदैछ’ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले महँगी क्रमश: घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताएका हुन् ।

गभर्नर अधिकारीले सम्मेलनमा समग्र विश्वको अर्थतन्त्र सकारात्मक रहेको जनाएका छन् । साथै, उनले कार्यक्रममा बोल्दै उच्च बिन्दुमा रहेको महँगी क्रमश: घट्ने क्रममा रहेको उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीले भने,’नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सबल र महँगी क्रमश: घट्दै गएको छ, अब अर्थतन्त्र बिस्तारै लयमा आउँछ ।’

उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै