National

सस्तो ब्याजको स्टार्टअप उद्यम कर्जाका लागि १६ सय स्टार्टअपले दिए आवेदन, के हुन्छ अवको प्रकृया ?

काठमाडौँ । सस्तो ब्याजको स्टार्ट अप उद्यम कर्जाका लागि १६ सय स्टार्ट अपले आवेदन दिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार गत आर्थिक वर्षको माघ १९ गतेदेखि फागुन १० गतेसम्मको अवधिमा १६ सय ५८ स्टार्ट अपले आवेदन दिएका हुन् ।

प्रतिष्ठानका अनुसार मापदण्ड पूरा भएका परियोजनालाई प्रारम्भिक सूची तयार गरेर मिति निर्धारण गरी प्रस्तुतीकरणको लागि आह्वान गरिनेछ । यद्यपि प्रतिष्ठानले तोकेको समयमा प्रस्तुतीकरणको लागि हाजिर नहुने परियोजनाहरूलाई छनौट नगरिने जनाइएको छ ।

त्यस्तै, बैंकमार्फत क्रेडिट अप्राइजल गरी ५० अङ्कभन्दा बढी ल्याउनेलाई अङ्कको आधारमा कर्जाको लागि सिफारिस गरिनेछ । साथै, सिफारिसमा परेका उद्यमीहरूले बैंकसँग सम्झौता गरी बैंकको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्नेछ ।

स्टार्ट अप उद्यम कर्जा प्राप्त गर्न उद्यमहरूको निश्चित मापदण्ड हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै