National

आज १७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक, १७ सय सडक आश्रितलाई भोजनको व्यवस्था, विभिन्न ठाउँमा रक्तदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज (शुक्रबार)आफ्नो १७औँ वार्षिक उत्सव मनाउँदै छ । बैंकले १७ सय सडक आश्रितलाई भोजनको व्यावस्था सहित आफ्नो १७औँ वार्षिकोत्सवमा मनाउनलागेको हो । 

वार्षिक उत्सवको अवसरमा बैंकले घरबारविहीन र मानसिक सन्तुलन गुमाएका सडक आश्रितलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । चैत्र २०, २०८० देखि वैशाख ६, २०८१ सम्म करिब १७०० व्यक्तिहरूलाई बैंकले भोजनको व्यवस्था गरेको हो ।

बैंकले भोटु:इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौँका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई भोजन वितरण गरेको हो ।

साथै बैंकले आफ्नो १७औँ वार्षिकोत्सव को उपलक्ष्यमा बिहीबार कोशी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब १ सौस ५० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरू समेत निःशुल्क वितरण गरेको छ ।

साथै कोशी प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेस प्रदेशको महेन्द्रनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमी, थानकोट, भैँसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरूबाट रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २ सय २२ जना दाताले रक्तदान गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै