National

सिटिजन्स बैंकले साउन १ गते बोनस डे बनाउने, सेयरधनीलाई १० प्रतिशत रिटर्न दिने, राम्रालाई नभई हाम्रालाई छान्ने

काठमाडौँ । सिटिजन्स बैंकले आफ्ना कर्मचारीहरुलाई साउन  १ गते नै बोनस दिने भएको छ । बैंकको १७औँ बार्षिकोत्सवको अवसरमा बैंकका सीइओ गणेश पोखरेलले यस्तो बताएका हुन् । उनले १ गते नै बोनस दिनेगरी साउन १ लाई बोनस डेका रुपमा मनाउने बताएका हुन् ।

यता उनले सेयरधनीलाई १० प्रतिशत रिटर्न दिनेसमेत घोषणा गरेका छन् । यसका लागि थप ३ महिना काम गर्ने समय भएकोले सबैलाई आआफ्नो स्थानमा राम्रो काम गर्नसमेत उनले निर्देशन दिएका छन् ।

बार्षिकोत्सवको अवसरमा सबै कर्मचारी, र संचालक समितिलाईसमेत बधाई तथा शुभकामना दिएका उनले बैंकले हाम्रा मान्छेलाई भन्दा राम्रा मान्छेको साथ लिएर अगाडी बढ्नेसमेत बताएका छन् ।

बैंकले बार्षिकोत्सवको अवसरमा विहान प्रभातफेरी गरेको थियो भने त्यसपछि आयोजित सभामा बैंकका सीइओ पोखरेल बोलेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै