दशैँको मुखमा सुमन कुमार वाग्लेको नयाँ गीत ‘बालापन’ सार्वजनिक

काठमाडौँ । दशैँको मुखमा सुमन कुमार वाग्लेको नयाँ गीत सार्वजनिक भएको छ । वाग्लेको ‘बालापन’ गीत दशैँको मुखमा सार्वजनिक भएको हो ।

यो गीतमा वैदेशिक रोजगारीमा गएर गाउँ फर्किएको युवाले आफ्नो बालापनलाई सम्झिएको दृश्य देखाइएको छ ।

उक्त गीतमा बालापनमा बिताएका समय, बालापनका साथीभाइसँग खेलिएका खेल, मित्रता, परिवारको माया, साथ र सम्बन्धलाई मिठो रुपमा प्रस्तुत गरिएको छ ।

गाउँले जीवनलाई सम्झनामा देखाउन खोजेको उक्त गीतमा विदेशिनुको बाध्यता पछाडिको पीडा र परिवारप्रतिको माया दर्शाउन खोजिएको छ ।

दशैँको मुखमा सार्वजनिक भएको यस गीतले बाल्यकालका मिठा सम्झना, गाउँले जीवनको आत्मीयता, साथीभाइसँग बिताएका रमाइला पल तथा परिवारप्रतिको माया र सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

‘बालापन’ गीतमा वैदेशिक रोजगारीका लागि आफ्नो जन्मथलो छाडेर विदेश पुगेको एक युवा लामो समयपछि गाउँ फर्किएसँगै पुराना दिनहरू सम्झिरहेको दृश्यलाई मुख्य विषयवस्तु बनाइएको छ । भिडियोसहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्