National

अब शान्ति मिसनमा गएका सैनिकले आवश्यक पर्ने वस्तु विदेशबाट सोझै किन्न सक्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले शान्ति मिसनमा गएका सैनिकले मिसनमा चाहिने वस्तु विदेशबाट सोझै किन्न सक्ने व्यवस्था ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था ल्याएको जनाएको छ ।

राष्ट्र बैंक विदेशी विनिमय विभागले शान्ति मिसनका लागि आवश्यक पर्ने वस्तु वा सेवा सैनिकले मिसनमा जाने ठाउँमा लान सक्ने व्यवस्था गरेको हो । साथै, मिसनमा गएका सैनिकले मिसनमा चाहिने वस्तु किनेर नेपाल नभित्र्याई मिसन भएको मुलुकमा पठाउनु पर्नेछ ।

अब भने यो व्यवस्था लागू भएसँगै सैनिकहरूले आफूलाई आवश्यक पर्ने सामग्री विदेशी निर्यातसँग अर्डर गरेर मिसन भएको देशमा पठाउन सक्नेछन् । 

बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै