DISH HOME

माछापुच्छ्रे बैंकको सिद्धार्थनगरमा रहेको कार्यालय भवनको शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले रूपन्देहीमा नयाँ भवन बनाएको छ । बैंकले रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका- १२ स्थित कार्यालयको शुभारम्भ गरेको हो ।

मंगलवार आयोजित औपचारिक कार्यक्रममा नवनिर्मित भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले बैंकले आफ्नै नयाँ कार्यालयबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गरे भने बैंकलाई अझै उचाइमा लैजान बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई सुझाव पनि दिए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताएका छन् ।केसीले लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै खुसी लागेको भन्दै बैंकले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै