National

मन्दीको प्रभाव: बैंकहरुमा चेक बाउन्सका केस ह्वात्तै बढे

काठमाडौँ । मन्दीको प्रभावका कारण बैंकहरुमा चेक बाउन्सको केस बढेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा चेक बाउन्सको केस ह्वात्तै बढेको पाइएको हो ।

बैंकहरुको चर्को ब्याजदर, आर्थिक मन्दी, महँगी तथा सुस्ताएको व्यवसायका कारण पनि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेहरु बढेका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म मात्रै ३१ हजार ५ सय ४७ व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् ।

कर्जा सूचना केन्द्राका अनुसार वाणिज्य बैंकहरूको कालोसूचीमा २६ हजार २ सय ३७ व्यक्ति तथा संस्थाहरू परेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३४ हजार व्यक्ति तथा संस्थाहरू कालोसूचीमा परेका थिए ।

चेक बाउन्सको केस प्रहरीले पनि हेर्ने गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै