National

लघुवित्तमा मनपरी, एउटा धितो राखेर १० जनालाई १० ठाउँमा कर्जा, विरोधीलाई मिल्यो मसला

काठमाडौं । लघुवित्त संस्थाहरूले एउटै धितो राखेर १० जनासम्मलाई ऋण दिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको सुपरीवेक्षणमा लघुवित्त संस्थाहरूले एउटै धितो राखेर यति धेरै ठाउँमा कर्जा दिएको पाइएको हो ।

कानुनत: एउटा धितोका आधारमा एकभन्दा बढी व्यक्तिलाई कर्जा प्रवाह गर्न पाइँदैन । तर लघुवित्तहरूले प्रचलित कानुनी व्यवस्थालाई अटेर गर्दै एउटै धितोमा एकभन्दा बढी व्यक्तिलाई कर्जा दिएको पाइएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

कर्जा प्रवाह गर्दा ऋणबाट कट्टा गरी अनिवार्य बचत लिइएकोसमेत राष्ट्र बैंकले खुलासा गरेको छ । कर्जाको प्रयोजन र भाखा अवधिबीच तालमेल नभएको समेत खुलासा गरेको सुपरीवेक्षण प्रतिवेदनले लघुबित्तभित्र हदैसम्म मनपरी हुनेगरेको तथ्यसमेत उजागर गरेको छ ।

यस्तै सिइओ पद रिक्त भएको ३ महिनाभित्र पूर्ति गर्न अटेर गरेको, रिकभरी प्लान नबनाएको, लगायत कैफियत प्रतिवेदनमा औंल्याइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले लघुवित्तमा हुनेगरेको मनपरीलाई थप छताछुल्ल पारेको छ । नियामककै यस्तो प्रतिवेदनले लघुवित्तको विरोध गरिरहेकाहरूलाई थप मसला मिलेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै