National

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक गरेको छ । बैंकले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइने योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार सो योजना अन्तर्गत ग्राहकहरुले ग्लोबल रेमिटमाफर्त विदेशबाट बैंकममा रहेको खातामा पैसा पठाउँदा ५ सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्धन गर्ने उद्धेश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५ सय रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

यस क्यासब्याक योजना अन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १ सय रुपैयाँ, ५० हजार १ देखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २ सय ५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जुन १०, २०२४ सम्म लागू रहनेछ ।

ग्लोबल आइएमई बैैकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५ सय रुपैयाँसम्म थप गरिदिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime