PRABHU BANK

महालक्ष्मी विकास बैंकद्धारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता संचालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले एक सुचना जारी गर्दै सेयर किनबेच गर्ने लगानीकार्ताहरुलाई सबै सुविधा एकै खातामार्फत उपलब्ध गर्ने उद्धेश्यले ‘इन्भेष्टर्स सेयर सेभिङ खाता’ संचालनमा ल्याएको जनाएको छ ।

बैंकले संचालनमा ल्याएको इन्भेष्टर्स सेयर सेभिङ खाता अन्तर्गत बचतकार्ताहरुले विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

बचतकार्ताले बचत खाता, डिम्याट खाता, मेरो सियर, सि-आश्वा तथा टिएमएस खाताको सुविधा एउटै खातामार्फत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, डिम्याट खाता र टिएमएस खाता नि:शुल्क खोल्न सकिनेछ भने मेरो सियर र सि-आश्वा दर्ता गर्न पनि कुनै प्रकारको शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले नयाँ वर्ष २०८१ सालको उपल्क्षमा यस्तो खाता संचालनमा ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै