National

मापसे गरेर एनआईसी एशिया बैंक प्रवेश, जुत्ता र खुकुरी चोरेर फरार

काठमाडौँ । एनआइसी एसिया बैंकको शाखा कार्यालय मुगुमा सुरक्षा गार्ड बस्ने स्थान तोडफोड भएको छ । गएराती ९ बजेर २१ मिनेटमा बैंकको मूल ढोका फोडेर एक व्यक्ति बैंकभित्र प्रवेश गरेको र बैंकका गार्डले प्रयोग गर्ने खुकुरी र जुत्ता लिएर भागेको बैंकको सिसि क्यामरामा देखिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सो व्यक्ति स्थानीय हुन् । दिनहुँजसो मापसे गरेर अनेक हर्कत गर्ने उनी गयराती बैंक पुगेका थिए ।

जुत्ता र खुकुरी चोर्ने काम मात्र भएको प्रहरीको भनाई छ । ती व्यक्ती हाल प्रहरीको नियन्त्रणमा छन् । उनी यसअघि पनि पटक पटक विभिन्न हर्कत गरेर प्रहरीले नियन्त्रणमा लिएका व्यक्ती हुन् । भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै