गरिमा विकास बैंकका सिइओ उपाध्यायले सम्हाले कार्यभार

काठमाडौँ । गरिमा विकास बैंकका नवनियुक्त सिइओ माधव प्रसाद उपाध्यायले आफ्नो कार्यभार सम्हालेका छन् ।  उनले वैशाख १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

बैंकको संचालक समितिको बैठकले उपाध्यायलाई ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका  गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएसँगै  विकास बैंकको मिति २०८० चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए ।

साथै, उपाध्यायले विकास बैंकलाई थप उचाईमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्