PRABHU BANK

नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने, अपरान्ह ३ बजे बोलकबोल हुने…!

  • बैंकिङ संसार 
काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको  ‘विकास ऋणपत्र २०८७ ख’ निष्कासन गर्ने भएको छ । यस ऋणपत्रमा ११ वर्ष  अवधि तोकिएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यो ऋणपत्र मंगलबार दिउँसो ३ बजे बोलकबोल गरी बुधबार जारी हुनेछ । यस विकास ऋणपत्रलाई नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनीसहित संगठित संस्थाले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितोमा राखेर कर्जा लिन दिन सकिनेछ ।
 
ऋणपत्रको ब्याज भुक्तानी भने प्रत्येक ६–६ महिनामा हुनेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै