XTREME

दाबी भुक्तानीको आदेशविरुद्ध नेपाल लाइफ इन्स्योरेन्स सर्वोच्च पुग्यो, बीमितको प्रश्न- ‘बीमा गरेर समय किन खेर फाल्ने ?’

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी नदिएको पाइएको छ। इन्स्योरेन्सले बीमा दाबी भुक्तानी नदिएको भन्दै बीमा प्राधिकरणमा उजुरी लिएर गएपछि प्राधिकरणले दाबी भुक्तानी दिनु भनेर दिएको आदेश विरुद्ध उच्च अदालत गएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उच्च अदालतले समेत दाबी भुक्तानी दिनु भनेपछि आफुहरु सर्वोच्च अदालत गएको स्वीकार गरेको हो ।

कम्पनीका सूचना अधिकारीका नाममा एक सूचना नै प्रकाशन गरेर कम्पनीले अहिले सो केस सर्वोच्च अदालतमा विचाराधीन रहेको स्वीकार गरेको छ । यता बीमितहरुले भने दाबी भुक्तानी लिन बिमितहरु सर्वोच्च अदालतसम्म कानुनी झमेलामा पर्नुपर्ने हो भने नेपाल लाइफमा बीमा गरेर समय किन खेर फाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।

बीमा प्राधिकरणले दाबी भुक्तानी दिनु भन्दा उच्च अदालत जाने र उच्च अदालतले दिनु भन्दा फेरी सर्वोच्च जाने र सर्वोच्च अदालतबाट आदेश आएपछि मात्र बीमा दाबी भुक्तानी दिने हो भने अदालती काममा झन्झट लाग्ने आम सर्वसाधारणले किन नेपाल लाइफमै बीमा गर्ने र ? भन्ने प्रश्न उब्जिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेकाहरुलाई दु:खको खबर, दिनु भनेको बीमा दाबीसमेत नदिने गरेको खुलासा !

नेपाल लाइफ इन्स्योरेन्सको शक्ति प्रदर्शन ! कार्यक्रममा खटाइएका ‘बाउन्सर’ हरुको संयुक्त तस्विर आफैँले गर्यो सार्वजनिक !

नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्