काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो कार्यक्रममा बाउन्सरहरु लगाएको आरोप बीमा अभिकर्ताहरुले नै गरिरहेका बेला कम्पनी स्वयमले बाउन्सरहरुको तस्विर सार्वजनिक गरेर शक्ति प्रदर्शनको संकेत गरेको छ ।
कम्पनीले नेपाल लाइफ इभेन्ट्स नामक फेसबुकमा सेक्युरिटीमा संलग्नहरुको तस्विर सार्वजनिक गरेको हो ।
यो तस्विर सार्वजनिक भएपछि अलि अलि सेलाएको नेपाल लाइफ प्रकरण पुन: तातिएको छ । नेपाल लाइफकै कर्मचारीहरुले यो तस्विर छुटाउनै नहुने भन्दै हाल्न लगाएको दाबी गरेका छन् ।
सम्भवत: नेपालमै पहिलोपटका कुनै इन्स्योरेन्स कम्पनीले यसरी शक्ति प्रदर्शन गरेको हो ।


