प्रभु बैंकका कर्मचारी रमण श्रेष्ठको सकुशल उद्धार, उपचार हुँदै, थप अन्य कर्मचारीहरूको पनि खोजी कार्य जारी !

काठमाडौँ। प्रभु बैंकका एक जना कर्मचारीको सकुशल उद्दार भएको छ। भदौ १० गते बिहान रसुवामा आएको बाढीमा परी हराएका कर्मचारीको सकुशल उद्दार भएको हो।

भोटेकोशी बाढीमा फसेका प्रभु बैंकका रमण श्रेष्ठको सकुशल उद्धार भएको छ । श्रेष्ठलाई नदी किनारमा बालुवामा फेला पारिएको पाइएको छ।

उनलाई नेपाली सेनाले उद्धार गरी त्रिवि शिक्षण अस्पताल ल्याएका थिए।

हाल उनको उपचार भइरहेको छ। त्यस्तै, प्रभु बैंकका ४ जना थप कर्मचारी पनि सम्पर्कविहिन भएका छन्। बैंकले कर्मचारीहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्