आफ्नो नामसहित राम्रोसँग नहेरी सही गर्छन् नेपाल लाइफका हाकिम अमित कुमार, डकुमेन्टको बैधतामै प्रश्न !

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कामु सीइओसमेत भईसकेका हाकिम अमित कुमारले आफ्नो नामसमेत राम्रोसँग नहेरी डकुमेन्टहरुमा हस्ताक्षर गर्ने गरेको पाइएको छ । यसले एकातर्फ डकुमेन्टको वैधतामाथि प्रश्न उठाएको छ भने अर्कोतर्फ कम्पनीमा उनी कतिसम्म गैरजिम्मेवार भएर काम गर्छन् भन्ने देखाएको छ ।

कम्पनीले २०८३ साल साउन २८ गते नेप्सेमा पठाएको पत्रमा उनले कामु सीइओको हैसियतमा हस्ताक्षर गर्दा उनको पूरा नाम अमित कुमार कायल छ । त्यहि डकुमेन्टको अन्तिम पेजमा उनको थर कयाल छ । अर्थात्, एकै दिन नेप्सेमा बुझाएको एउटै डकुमेन्टको फरक फरक पेजमा उनको पूरा नाम नै फरक फरक छ ।

यसले कानुनी प्रश्नसमेत उब्जाउन सक्ने नेप्सेका अधिकारीहरु बताउँछन् । अर्कोतर्फ, आफ्नै नामसमेत राम्रोसँग नहेरी हस्ताक्षर गर्नेको जिम्मेवारीमा कम्पनी हुनु अर्को गम्भीर विषय भएको नेप्सेका अधिकारीहरुको तर्क छ ।

अमितले भने यस विषयमा फोन गर्दा फोन नै उठाएनन् । उनी नेपाल लाइफमा यसअघि पनि विभिन्न प्रकरणमा विवादमा तानिएका पात्र हुन् ।  यो हेर्नुहोस्:

नेपाल लाइफमा विवाद : अमित कायलबारे एक झोला ‘डकुमेन्ट’ बोकेर मिडिया- मिडिया धाउँदै अभिकर्ता !

नेपाल लाइफ प्रकरण : ‘नक्कली पत्रकार’को कुरा उठाउँदै सिइओले दिए अभिकर्तालाई कारवाही गर्ने गर्ने धम्की, भने- ‘सबै कुराको हिसाबकिताब हुन्छ’

नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?

नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !

नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !

नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्ता एकै पटक प्रहरी नियन्त्रणमा !

नेपाल लाइफ प्रकरण अव नदोहोरियोस्, दुबै पक्षले आफ्ना गल्ती मम: भनून् (सम्पादकीय)

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्