काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सभित्रको विवाद छताछुल्ल भएपछि आफुले बीमाको प्रिमियमवापत बुझाएको रकमको ग्यारेण्टी माग्दै बीमितहरुलेअभिकर्ताहरुलाई फोन गर्न थालेका छन् । कम्पनीका कतिपय बीमा अभिकर्ताले नै बीमा कम्पनीले ठगी गरिरहेको भन्दै कुरा उठाएपछि अहिले बीमितहरुले अभिकर्ताहरुलाई फोन गरेर आफ्नो पैसाबारे सोध्ने क्रम ह्वात्तै बढेको हो ।
नेपाल लाइफका बीमा अभिकर्ताहरुले सामाजिक संजालमार्फत आफुहरुलाई निकै धेरै विमितहरुले फोन सम्पर्क गरेर कम्पनीबारे सोधिरहेको बताएका छन् । धेरै बिमितहरुको फोन आएको भन्दै उनीहरुले एकमुष्ट जवाफ भन्दैकम्पनी ले होटल याक एण्ड यतिमा आयोजना गरेको कार्यक्रमको कार्यक्रम स्थलबाटै फेसबुक भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।
बीमितहरु अत्याधिक चिन्तित रहेको पाइएपछि अभिकर्ताहरुको ठुलो टोली अहिले सामाजिक संजालमा प्रष्टीकरण दिन व्यस्त छ । उनीहरुले दिएको प्रष्टीकरण गलत भएको भन्दै अर्काथरी बिमितहरु फेरी सवाल जवाफमा उत्रिएका छन् ।
नेपाल लाइफको अर्को पक्षले भने अवार्डका नाममा अभिकर्ताहरुको अपमान गरेको, झुटो बोनस दर देखाएर ठगी गरेको लगायतका आरोप लगईरहेको छ । दुवै पक्षको फरक फरक कुराले बिमितहरु झन् कन्फ्युजनमा परेका छन् ।
पढ्नसमेत नजान्नेका झन् चर्का कुरा !
यता, नेपाल लाइफका कतिपय अभिकर्ता सामान्य पढ्नसमेत नजान्ने रहेको पाइएको छ । एउटा मिडियाले लेखेको समाचारलाई लिएर अर्कै मिडियालाई गाली गरिरहेका उनीहरु मिडियाको नामसमेत राम्रोसँग पढ्न नजान्ने रहेको पाइएको हो । अर्थखबरले लेखेको समाचार सेयर गरेर अभिकर्ताहरुले अर्थ सरोकारलाई गाली गरिरहेका छन् भने बैंकिङ संसारको पोष्ट सेयर गर्दै अभिकर्ताहरु बैंकिङ खबरलाई गाली गरिरहेका छन् । यतिसम्म कि, मोटीभेट न्युजको खबर सेयर गर्दै कतिपय अभिकर्ताहरुले अनलाइनखबरलाई गाली गरिरहेका छन् ।
बीमा अभिकर्ताले यस्तो हर्कत देखाएपछि राम्रोसँग पढ्न नजान्ने उनीहरुले कति गलत कुरा गरेर, बीमितलाई झुक्याए होलान् भन्ने बहस सामाजिक संजालमा चुलिएको छ । अझ सामाजिक संजालमा उनीहरुकै कुरा ठुला छन् । यो घटना सार्वजनिक भएपछि नेपाल लाइफमा बीमा गरेकाहरुले एक पटक आफ्नो बीमाका बारेमा सोच्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !
नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?
नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !
नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !
नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्ता एकै पटक प्रहरी नियन्त्रणमा !


