काठमाडौँ। नाबिल बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा रहेको राष्ट्रिय परिचयपत्र (एनआईडि) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले यस्तो विवरण अद्यावधिक गर्न सूचना जारी गरेको हो।
बैंकका अनुसार हालसम्म खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक नगरेका ग्राहकहरूले २०८३ साल असोज मसान्तभित्र आफ्नो एनआईडि विवरण बैंकमा उपलब्ध गराउनुपर्नेछ।
ग्राहकहरूले बैंकको अनलाइन केवासि, आवेदन, एनबैंक मोबाइल एप वा नजिकको शाखा कार्यालयमार्फत विवरण अद्यावधिक गर्न सक्ने जनाइएको छ।
बैंकले खाता सञ्चालनमा रहेका तथा राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न बाँकी रहेका सबै ग्राहकलाई समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ। सूचनासहित:



