काठमाडौँ । ४८ करोड घोटाला प्रकरणमा पक्राउ परेकी प्रभु बैंककी तत्कालीन चिफ बिजनेश अफिसर रश्मी पन्तमाथि अनुसन्धान गर्न म्याद थप भएको छ । पक्राउ पर्नेबित्तिकै २ दिन म्याद थपिएकोमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले अदालतसँग म्याद थापाका लागि लगेको थियो । अन्तत: उनको म्याद थप भएको छ र अनुसन्धान जारी छ ।
उनको बयान अझै जारी रहेको बुझिएको छ । पक्राउ परेका सबैको बयान सकेर केस अदालत लैजाने तयारीमा सीआईबी छ । सुरुमै पक्राउ परेकाहरुको बयान भने सकिएको बुझिएको छ । प्रहरीले प्रभु बैंकका पूर्व हाकिमहरुलाईसमेत खोजिरहेको छ । उनीहरु फरार छन् ।


